Web Design In Nepal

Uncategorized

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

Posted in Uncategorized, नेपाल
काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरूले उठाएका विषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सांसदहरूले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै प्रतिनिधिसभाले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो
भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

Posted in Uncategorized
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आजै अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी स्वदेश फर्किनेछन् । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

Posted in Uncategorized, जानकारी, नेपाल, समाचार
भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।
बजेट निर्वाचन केन्द्रित ः लिङ्देन

बजेट निर्वाचन केन्द्रित ः लिङ्देन

Posted in Uncategorized, नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी बजेट आएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको उल्लेख गरे । उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरेका छन्।
कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

Posted in Uncategorized, ब्यानर, राजनीति, समाचार
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अंकार चुलियो भने एमालेलाई जस्तै ठेगान लगाउने चुनौति दिएका छन् । पार्टीले उनले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले कांग्रेसमा दम्भ भएमा मान्य नहुने बताए । ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’ आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए । प्रचण्डले माओवादी सच्च
देवदहको कार्यपालिका चुनावमा एमाले राप्रपा गठबन्धन विजयी

देवदहको कार्यपालिका चुनावमा एमाले राप्रपा गठबन्धन विजयी

Posted in Uncategorized
देवदह - रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाका उमैद्वार विजयी भएका छन् । कार्यपालिका चुनावको लागि देवदहमा दुई दलबीच गठबन्धन भएको थियो । ८ सदस्यको लागि भएको निर्वाचनमा महिला तर्फ एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए । दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । यस अघि भएको चुनावमा देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी कुल ६३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

Posted in Uncategorized, Uncategorized @ne, नेपाल, समाचार
बुटवल -आगामी आर्थिक वर्षको लागि बजेट बक्तव्यमा रुपन्देही जिल्लासँग सम्बन्धीत १९ वटा शिर्षक समेटिएको छ । ति मध्ये केही पहिलेदेखि नै बजेट छुट्टिएका योजना छन् । केही नयाँ छन् । कृषि तर्फ रुपन्देहीको कर्शाघाटमा कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिने उल्लेख छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने र भैरहवाको सेजलाई पूर्ण रुपमा सञ्चालनको लागि बजेट विनियोजन भएको छ । भैरहवामा एकिकृत जाँच चौकीको निर्माण सुरु गर्ने पनि बजेट बक्तव्यमा उल्लेख छ । यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रकृया अगाडी बढाइने बताइएको छ । गौतमबुद्ध विमानस्थल बुद्ध जयन्तीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । स्वास्थ्य तर्फ बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशीक अस्पतालबीचको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने बजेटमा उल्लेख छ । बुटवल मेडिकल कलेजको लागि शिल
दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

Posted in Uncategorized, Uncategorized @ne, अर्थतंत्र, नेपाल, ब्यानर, राजनीति, लुम्बिनी प्रदेश, समाचार
आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए । दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाड