Web Design In Nepal

तिलोत्तमाको कार्यपालिका निर्वाचनमा एमालेका उम्मेद्वार विजयी

जेठ १८, २०७९ बुधबार 153

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

तिलोत्तमा-तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्। निर्वाचनबाट कार्यपालिका सदस्यको महिला तर्फ तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य विजयी भएका छन्। दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन्। यो सँगै एमाले तिलोत्तमाको कार्यपालिकामा बहुमतमा रहेको छ।

तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटाका वडाध्यक्षमा एमाले विजय भएकोथियो। काँग्रेसले ९ वटा वडाध्यक्ष जितेको थियो। कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्