Web Design In Nepal

कांग्रेसमा एमाले जस्तै दम्भ पलाए ठेगान लगाउँछौं : प्रचण्ड

जेठ १८, २०७९ बुधबार 122

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अंकार चुलियो भने एमालेलाई जस्तै ठेगान लगाउने चुनौति दिएका छन् । पार्टीले उनले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले कांग्रेसमा दम्भ भएमा मान्य नहुने बताए ।

‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए ।

प्रचण्डले माओवादी सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्