Web Design In Nepal

नेपाल

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

Posted in नेपाल, समाचार
बुटवल - प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। रुपन्देहीका तिर्थयात्री लिएर स्वर्गद्वारी गएको लु ३ च ३५३ नम्वरको जिप फर्कदा दुर्घट्नामा परेको हो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्ब गरेर स्वर्गद्वारीको दर्शन गर्न गएका थिए। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।
एसईई परिक्षाको नतिजा सार्वजनिक

एसईई परिक्षाको नतिजा सार्वजनिक

Posted in नेपाल, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् । यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थी
दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

Posted in नेपाल, समाचार
परासी नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा आगलागीमा परेको हो । आगलागीमा परेका ६ जनाको को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र अन्यको स्थानिय मध्येविन्दु अस्पतालमा उपचार भइरहेको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

Posted in नेपाल, समाचार
तान्सेन-पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिवाङ बाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस रिब्दीकोट गाउँपालिका २ लघुवामा घुट्नामा परेको हो । दुर्घट्नाग्रस्त बस सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घट्नामा १७ जना घाइते भएको र अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

Posted in नेपाल, समाचार
बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट रहस्यपूर्ण ढंगले पारित नागरिकता सम्बन्धी विधेयकले देशलाई ठूलो अफ्टयारो पार्ने बताएका छन् । उनले नेपाली नागरिक सरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखीएकाे विध्येक देशको हितविपरीत रहेको उल्लेख गरे । प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले विगतदेखि नै वैवाहिक अंगृकृतकाे लागि निश्चित समय हुनुपर्ने पक्षमा रहेकाे बताए । " विदेशी नागरिकलाई विहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधयेक हाम्रो जस्तो देशका लागि घातक छ ।’ उनले भने " एमालेले विगतदेखि नैं विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो । अहिले पनि त्यहीँ अडानमा छ ।" उनलेे भारत, चीन लगायत सबै देशले ‘सटेन’ स
प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

Posted in नेपाल, समाचार
काठमाडौँ- प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । शुक्रबार बेलुका प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीे नागरिकता विधेयकको पक्षमा थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे। नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए। उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए। प्रतिनिधिसभाबाट पा
एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

Posted in Uncategorized, नेपाल
काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरूले उठाएका विषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सांसदहरूले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै प्रतिनिधिसभाले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो
कांग्रेसले गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने

कांग्रेसले गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने

Posted in नेपाल, समाचार
काठमाडौँ नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो। पार्टीलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतीको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धार
आज साउनको पहिलो सोमबार, शिवालयमा चहलपहल

आज साउनको पहिलो सोमबार, शिवालयमा चहलपहल

Posted in नेपाल
बुटवल- आज साउन महिनाको पहिलो सोमबार । आजको दिन महिलाहरू व्रत बस्ने र शिवको पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । बुटवल र पाल्पाको सिद्धबाबा, सैनामैनाको पर्रोहा बोलबम धाम लगायतका मन्दिरहरुमा महिलाहरुको लाइन थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।
उपसभामुख भुसालद्वारा पदभार ग्रहण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

Posted in नेपाल
काठमाडौँ-प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारस्थित कार्यालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शितल निवासमा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए . शुक्रबार भएको उपसभामुखको निर्वाचनमा भुसालले नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै बहुमतले निर्वाचित भएकी थिइन्।