Web Design In Nepal

समाचार

पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

Posted in लुम्बिनी प्रदेश, समाचार
पश्चिम नेपाल बिकास ट्रष्टको ७ आंै साधारण सभा तथा चौथो अधिबेसनले नया नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा मोम प्रसाद गुरूङ चयन भएका छन। ११ सदस्यीय समितिको उपाध्यक्ष माधव प्रसाद आचार्य, सचिव पदमलाल घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी, सह सचिव राधा बेल्वासे, सह–कोषध्यक्ष ओमी पुन चयन भएका छन। त्यस्तै सदस्यहरुमा नमनारायण बेल्वासे, इन्द्रा राना, देवी प्रसाद घिमिरे, अनमिका घिमिरे र मथुरा पाण्डे चयन भएका छन । नया नेतृत्वलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान तथा सपथ गराएको छ। निर्वाचन समितिको संयोजक विष्णु घिमिरे, सदस्यहरु गोपाल प्रसाद भुसाल र प्रकाश गौतम रहेका थिए । साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गैर सरकारी संस्था महासंघ का केन्द्रीय सल्लाहकार सुमित्रा शर्माले गैर सरकारी क्षेत्रले खेलेको भुमिकाका बारेमा चर्चा गरेकी थिइन । उनले ट्रष्टले सामाजिक क्षेत्रमा खेलेको
तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

Posted in राजनीति, समाचार
तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ । बजेट पारित गर्नको लागि बसेको नगरसभा बैठक गुणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो । नगरप्रमुख रामकृष्ण खाणले गुणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन् । नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ । बैठक स्थगित भएपछि आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगरसभाको बैठकमा आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएपनि आफूहरुलाई प्रमुख प्रशासकिय अधिकृतले हाजिर गर्न नदिएको एमालेले आरोप लगाएको छ । यस अघि साउन ३१ गतेको बैठक पनि गणपुरक संख्या नपुगेको भनि स्थगित भएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

Posted in राजनीति, समाचार
काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।
रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

रुपन्देहीको दानापुर तालमा डुबेर मृत्यु

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

Posted in राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन्। बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा छलफल गर्न ओलीलाई भेटेको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए। एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्। वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका थिए। गौतमको पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको छ।
लुम्बिनीको बजेट प्रदेश सभाबाट पारित

लुम्बिनीको बजेट प्रदेश सभाबाट पारित

Posted in अर्थतंत्र, ब्यानर, समाचार
बुटवल- आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो। असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो। छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो। आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभाको आज बसेकै बैठकमा प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत स्वीकृत भएको छ ।
राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

Posted in राजनीति, समाचार
बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था पुनस्थापना हुन असम्भव रहेको बताएका छन् । बुटवलमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा थापाले आफूले राजसंस्थाको मुद्दा पनि छोडेको र पुनस्थापना हुन सम्भव नभएको पनि बताए । राजतन्त्र फर्काउन विगतमा आँफूले त्याग र संघर्ष गरेको भन्दै उनले तर राजसंस्था पुनस्थापना भए आफू दुखि नहुने थापाले बताए । थापाले राजेन्द्र लिंङदेनले राजसंस्थाको एजेण्डा त्यागेमा आफ्नो पार्टी बुझाउन तयार रहेको बताए । त्यसरी राजसंस्थाको एजेण्डा त्यागेमा आफू राप्रपासँग पार्टी एकता गरि सम्मानित नेता मात्र भएर बस्न तयार रहेको उनको भनाइ छ । ‘उहाँहरुले राजसंस्थाको एजेण्डा छोडेको दिन मैले यो सम्पूर्ण पार्टी उहाँकै जिम्मा लगाएर म सम्मानित नेता भएर बस्न तयार छु ।’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले र उनको सचिवालयले विगतमा दलहरुको मन जित्न सकेको भए राजसंस
एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराइने

एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराइने

Posted in राजनीति, समाचार
एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन्। अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ । नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रम मन्त्री प्रस्ताव गरिएका
रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

Posted in Uncategorized, जानकारी, नेपाल, समाचार
भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।