Web Design In Nepal

समाचार

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

Posted in नेपाल, समाचार
बुटवल - प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। रुपन्देहीका तिर्थयात्री लिएर स्वर्गद्वारी गएको लु ३ च ३५३ नम्वरको जिप फर्कदा दुर्घट्नामा परेको हो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्ब गरेर स्वर्गद्वारीको दर्शन गर्न गएका थिए। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।
संसदीय समितिको प्रतिवेदन मान्य छैन  : ओली

संसदीय समितिको प्रतिवेदन मान्य छैन : ओली

Posted in राजनीति, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्। प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे। अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे। समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे। अध्यक्ष ओलीले सत्तारुढ दलले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी
रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने

रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल - रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरेका थिए । रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चे
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड आज नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड आज नेपाल आउँदै

Posted in राजनीति, समाचार
काठमाडौँ-अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौँ आउन लागेका हुन्। उनले एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए। नेपालले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन्। लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा‍।नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए।
एसईई परिक्षाको नतिजा सार्वजनिक

एसईई परिक्षाको नतिजा सार्वजनिक

Posted in नेपाल, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् । यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थी
दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

Posted in नेपाल, समाचार
परासी नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा आगलागीमा परेको हो । आगलागीमा परेका ६ जनाको को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र अन्यको स्थानिय मध्येविन्दु अस्पतालमा उपचार भइरहेको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

Posted in नेपाल, समाचार
तान्सेन-पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिवाङ बाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस रिब्दीकोट गाउँपालिका २ लघुवामा घुट्नामा परेको हो । दुर्घट्नाग्रस्त बस सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घट्नामा १७ जना घाइते भएको र अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

Posted in राजनीति, समाचार
दमौली - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ । पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने । पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरा बढ्दै जान्छ,” उनले भने । गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन
लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

Posted in नेपाल, समाचार
बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट रहस्यपूर्ण ढंगले पारित नागरिकता सम्बन्धी विधेयकले देशलाई ठूलो अफ्टयारो पार्ने बताएका छन् । उनले नेपाली नागरिक सरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखीएकाे विध्येक देशको हितविपरीत रहेको उल्लेख गरे । प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले विगतदेखि नै वैवाहिक अंगृकृतकाे लागि निश्चित समय हुनुपर्ने पक्षमा रहेकाे बताए । " विदेशी नागरिकलाई विहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधयेक हाम्रो जस्तो देशका लागि घातक छ ।’ उनले भने " एमालेले विगतदेखि नैं विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो । अहिले पनि त्यहीँ अडानमा छ ।" उनलेे भारत, चीन लगायत सबै देशले ‘सटेन’ स