रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने
Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल - रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरेका थिए ।
रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चे











