Web Design In Nepal

Author: admin

आज साउनको पहिलो सोमबार, शिवालयमा चहलपहल

आज साउनको पहिलो सोमबार, शिवालयमा चहलपहल

Posted in नेपाल
बुटवल- आज साउन महिनाको पहिलो सोमबार । आजको दिन महिलाहरू व्रत बस्ने र शिवको पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । बुटवल र पाल्पाको सिद्धबाबा, सैनामैनाको पर्रोहा बोलबम धाम लगायतका मन्दिरहरुमा महिलाहरुको लाइन थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।
एमालेका जनप्रतिनिधिले गरे तिलोत्तमाका प्रशासकिय प्रमुखको कार्यकक्षमा तालाबन्दी

एमालेका जनप्रतिनिधिले गरे तिलोत्तमाका प्रशासकिय प्रमुखको कार्यकक्षमा तालाबन्दी

Posted in राजनीति, समाचार
तिलोत्तमा/ तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले आइतबारको नगरसभामा आफूहरुको हाजिर नगराएको भन्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीको नेतृत्वका जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् । आइतबार दिउसो बसकेको नगरसभाको बैठक गुणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरेका थिए। एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको चौधरीले बताइन् । बैठक स्थगित भएपछि एमालेका जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए । पछि नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । असार १० गते नगरसभामा आर्थिक वर्ष २०७९ /८० को बजेट प्रस्तुत भएपनि कांग्रेस र एमालेको विवादका कारण पारित हुन सकेको छैन ।
फेरियो लुम्बिनीका मन्त्रालयको नाम

फेरियो लुम्बिनीका मन्त्रालयको नाम

Posted in राजनीति, समाचार
बुटवल - लुम्बिनी प्रदेशका केही नाम हेरफेर गरिएको छ। फेरिएर नयाँ नाम भएका मन्त्रालयहरुमा अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय हुन्। यसअघि कानुन महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुन कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ। प्रदेश सरकार मन्त्रीपरिषद बैठकले मन्त्रालयका नाम हेरफेर गरेको हो । यस्तै बैठकले मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ खारेज गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए। प्रवक्ता शर्माका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरबन्दी आ।व।२०७९।८० का लागी स्वीकृत गर्ने,प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसा
पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

Posted in लुम्बिनी प्रदेश, समाचार
पश्चिम नेपाल बिकास ट्रष्टको ७ आंै साधारण सभा तथा चौथो अधिबेसनले नया नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा मोम प्रसाद गुरूङ चयन भएका छन। ११ सदस्यीय समितिको उपाध्यक्ष माधव प्रसाद आचार्य, सचिव पदमलाल घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी, सह सचिव राधा बेल्वासे, सह–कोषध्यक्ष ओमी पुन चयन भएका छन। त्यस्तै सदस्यहरुमा नमनारायण बेल्वासे, इन्द्रा राना, देवी प्रसाद घिमिरे, अनमिका घिमिरे र मथुरा पाण्डे चयन भएका छन । नया नेतृत्वलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान तथा सपथ गराएको छ। निर्वाचन समितिको संयोजक विष्णु घिमिरे, सदस्यहरु गोपाल प्रसाद भुसाल र प्रकाश गौतम रहेका थिए । साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गैर सरकारी संस्था महासंघ का केन्द्रीय सल्लाहकार सुमित्रा शर्माले गैर सरकारी क्षेत्रले खेलेको भुमिकाका बारेमा चर्चा गरेकी थिइन । उनले ट्रष्टले सामाजिक क्षेत्रमा खेलेको
तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

Posted in राजनीति, समाचार
तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ । बजेट पारित गर्नको लागि बसेको नगरसभा बैठक गुणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो । नगरप्रमुख रामकृष्ण खाणले गुणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन् । नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ । बैठक स्थगित भएपछि आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगरसभाको बैठकमा आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएपनि आफूहरुलाई प्रमुख प्रशासकिय अधिकृतले हाजिर गर्न नदिएको एमालेले आरोप लगाएको छ । यस अघि साउन ३१ गतेको बैठक पनि गणपुरक संख्या नपुगेको भनि स्थगित भएको थियो ।
उपसभामुख भुसालद्वारा पदभार ग्रहण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

Posted in नेपाल
काठमाडौँ-प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन्। आइतबार सिंहदरबारस्थित कार्यालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शितल निवासमा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए . शुक्रबार भएको उपसभामुखको निर्वाचनमा भुसालले नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै बहुमतले निर्वाचित भएकी थिइन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

भारत भ्रमणमा रहेका प्रचण्डले मोदीलाई भेट्ने

Posted in Uncategorized
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आजै अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी स्वदेश फर्किनेछन् । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व

संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व

Posted in मनोरंजन
संगीत तथा चलचित्र उत्पादन समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार आयोजित संघको सातौं साधारणसभाले सूर्य मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा मेघराज मगराती चयन गरेको छ । त्यस्तै समाजको सदस्यमा तोरण गुरुङ, रुक्मान लिम्बु, उमेश गुरुङ, धनु ग्याङ्माई लगायत छानिएका छन् । समाजले गीत संगीत तथा चलचित्रको हकहितका खातिर कार्य गर्दै आएको छ ।
माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

Posted in राजनीति, समाचार
काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।