Web Design In Nepal

Author: admin

प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

Posted in नेपाल, समाचार
काठमाडौँ- प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । शुक्रबार बेलुका प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीे नागरिकता विधेयकको पक्षमा थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे। नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए। उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए। प्रतिनिधिसभाबाट पा
निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

Posted in राजनीति, समाचार
काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचनपछि माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन प्रचण्डको तर्क छ । उनले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।
चलचित्र प्रकाशको टोली बुटवलमा

चलचित्र प्रकाशको टोली बुटवलमा

Posted in मनोरंजन, लुम्बिनी प्रदेश, समाचार
बुटवल- चलचित्र प्रकाशको टोली बुटवल आएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको प्रचारप्रसारको लागि नायक प्रदीप खड्का नायिका दिया मास्केसहितको टोली बुटवल आएको हो । चलचित्रमा प्रदीप कर्णालीको युवाको चरित्रमा अभिनय गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रले विकट गाउँमा रहेको यथार्थलाई जिवन्त बनाउने गरि प्रस्तुत गरेको नायक खड्काले बताए । उनले प्रकास चलचित्र मार्फत आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए । नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन । चलचित्रमा प्रदीप र दिया सँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ। बिनिस इन्टरटेनमेण्टको ब्यानरमा नि
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

Posted in राजनीति, विदेश, समाचार
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी भाजपामा आबद्ध रहेकी उनी विहिवार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। सत्तारुढ एनडीएको तर्फबाट उम्मेद्वार बनेकी मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन्। उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन्। भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन्। सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो। मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरि
एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

Posted in Uncategorized, नेपाल
काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरूले उठाएका विषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सांसदहरूले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै प्रतिनिधिसभाले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो
बालिका बतात्कार गरेको आरोपमा सैनामैनामा एक जना पक्राउ

बालिका बतात्कार गरेको आरोपमा सैनामैनामा एक जना पक्राउ

Posted in लुम्बिनी प्रदेश, समाचार
सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका २ सरौलीस्थित संगमचौककी बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानिय ४९ वर्षिय खेमप्रसाद भुसाल पक्राउ परेका हुन् । उनी बालिकाका घरभेटी हुन् । बुधबार साढे ९ बजेतिर भुसालले बालिकालाई घुम्न जान भन्दै फकाएर लगेका थिए । कघर फर्केपछि बालिकाले पाठेघरमा दुखेको बताएपछि घटना बाहिर आएको हो । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कांग्रेसले गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने

कांग्रेसले गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने

Posted in नेपाल, समाचार
काठमाडौँ नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो। पार्टीलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतीको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धार
स्वीमिङ पुलमा धकेल्ने प्रहरीलाई कारवाही गर्न माग

स्वीमिङ पुलमा धकेल्ने प्रहरीलाई कारवाही गर्न माग

Posted in राजनीति, समाचार
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरीलाई कारवाही गर्न एमालेले माग गरेको छ । आइतबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले गणपुरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका थिए । नगरसभा स्थगित गरेको विरोधमा एमालेले प्रदर्शन गरेको थियो । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । कारवाहीको माग गर्दै एमाले रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण
नवलपरासी सरावलका किसानले पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधे

नवलपरासी सरावलका किसानले पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधे

Posted in लुम्बिनी प्रदेश, समाचार
परासी - वर्षा नभएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन्। गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष सुखडी प्रसाद चौधरी, पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्‍याएका थिए। पहिले पहिले समयमा पानी नपर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन त्यही परमपरा अनुसार अहिले पालिका जनप्रतिनिधिहरुलाई लगेको स्थानियले बताएका छन् ।
बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु

बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु

Posted in लुम्बिनी प्रदेश
बुटवल - बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु गरेको छ। बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए। ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उनले भने–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ।’ गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्