Web Design In Nepal

चलचित्र प्रकाशको टोली बुटवलमा

साउन ६, २०७९ शुक्रबार 139

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

बुटवल- चलचित्र प्रकाशको टोली बुटवल आएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको प्रचारप्रसारको लागि नायक प्रदीप खड्का नायिका दिया मास्केसहितको टोली बुटवल आएको हो ।
चलचित्रमा प्रदीप कर्णालीको युवाको चरित्रमा अभिनय गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रले विकट गाउँमा रहेको यथार्थलाई जिवन्त बनाउने गरि प्रस्तुत गरेको नायक खड्काले बताए ।
उनले प्रकास चलचित्र मार्फत आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए । नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन ।
चलचित्रमा प्रदीप र दिया सँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ। बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्