साउन २, २०७९ सोमबार 108
https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif
परासी – वर्षा नभएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिरमा पुर्याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन्।
गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष सुखडी प्रसाद चौधरी, पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्याएका थिए।
पहिले पहिले समयमा पानी नपर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन त्यही परमपरा अनुसार अहिले पालिका जनप्रतिनिधिहरुलाई लगेको स्थानियले बताएका छन् ।






प्रतिकृया दिनुहोस्