Web Design In Nepal

संसदीय समितिको प्रतिवेदन मान्य छैन : ओली

साउन १४, २०७९ शनिबार 185

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्।

प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ छ ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे।

समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे।

अध्यक्ष ओलीले सत्तारुढ दलले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले सानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकिर समेत गरे।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्