Web Design In Nepal

वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

असार १६, २०७९ बिहिबार 191

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन्।

बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा छलफल गर्न ओलीलाई भेटेको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए। एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्।

वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका थिए। गौतमको पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्