Web Design In Nepal

सैनामैनाका कार्यपालिका सदस्यको सबै पदमा एमाले विजयी

जेठ २०, २०७९ शुक्रबार 38

https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Mitsubishi-1230x100-F02.gif

सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेद्वार विजयी भएका छन् । ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।
निर्वाचनबाट दलित तथा अल्पसंख्यक तर्फ टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल विजयी भएका हुन् । यस्तै महिला कार्यपालिका सदस्यमा दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्